News इन्टर कलेज फुटसल भदौ पहिलो साता
गोलनेपाल

इटहरी । नयाँ आईटी कम्पनी स्पाइरल टेकले आफ्नो स्थापनाको अवसर पारी आउँदो भदौ ३ र ४ गतेका दिन इन्टर कलेज फुटसल प्रतियोगिता आयोजाजना गर्ने भएको छ ।

स्पोर्टस एरिना प्रा.लि.इटहरीमा हुने प्रतियोगितामा सहभागिताका लागि भदौ १ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा प्लस टु र ब्याचलर लेभलका कलेज फुटसल टिमहरुले सहभागिता जनाउन पाउने पनि आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको र त्यसमा २ हजार अग्रिम भुक्तानी गर्नुपर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले ज नाएको छ ।

Post Comments