News प्रथम आएल्टस पिटिइ सेन्टर कप हुँदै
गोलनेपाल

काठमाडौं । मोनास्ट्री फुटसलको आयोजनामा यही साउन ३२ गतेका दिन प्रथम आएल्टस पिटिइ सेन्टर कप फुटसल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

त्यस्तै इच्छुक टोलीहरुका लागि यही साउन ३० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको छ भने त्यसमा थप ५ सय धरौटी शुल्क बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।

बसन्तनगर–१६ माछापुच्छ्रे गुम्बा स्थित मोनास्ट्री फुटसलमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments