News आर्मीलाई राइनो गोल्डकपको उपाधि
गोलनेपाल

नवलपुर । विभागीय टोली नेपाल आर्मी क्लबले बुधबार सम्पन्न पाँचौ. राइनो संरक्षण गोल्डकपको उपाधि जित्न सफल भएको छ । फाइनल भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।

राइनो मिनी स्टेडियममा भएको उपाधि भिडन्तमा आर्मीका लागि खेल शुरु भएको सातौं मिनटमै सुदिल राईले एक मात्र निर्णायक गोल गरे । विजेता बनेको आर्मीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो ।

राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा यहि फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल दश टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments