News इजरायलमा 'साम्बा'को सुखद डेब्यु
गोलनेपाल

काठमाडौं । युरोपमा व्यवसायीक फुटबल खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी नेपालकी स्टार फरवार्ड साबित्राले इजरायलमा आफ्नो नयाँ क्लब हापोएल रा’नाना एएफसीका लागि सुखद डेब्यु गरेकी छिन् ।

हापोएलले एथेना कपको दोस्रो चरणतर्फ मकाबा हदेरा विरुद्ध २–० को जित निकाल्दा दुवै गोलका लागि साबित्राको योगदान रहयो । हापोएलका लागि अडि गुल्डेन र साबित्रा भण्डारीले गोल गरिन् । साबित्राले पहिलो गोलका लागि पनि अवसर मिलाइदिएकी थिईन् ।

खेलमा साबित्राले टोलीको पहिलो रोजाई मै रहेर मैदानमा उत्रिएकी थिईन् । साथै खेल अवधिभर आफ्नो उत्कृष्ट प्रदर्शनलाई पनि कायम राखेकी थिईन् । हापोएलले आफ्नो आगामी खेल आउँदो बुधबार खेल्ने कार्यक्रम रहेको छ ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FRaananaWomensFootballClub%2Fposts%2Fpfbid0GEpjoiC8xbkgsW8E5NRCS9nWZoVRDhjTWFmy4WgvWCXDGLKeFWqXzbJod1q7D9Bsl&show_text=true&width=500" width="500" height="648" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

 

Post Comments