News
प्रथम दनुवारी कप हुने
हरिवन । ‘लागु औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड’ भन्ने नाराका साथ सर्लाहीको हरिवनमा भदौ २० गतेदेखि प्रथम दनुवारी कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
हरिवन–९, दनुवारी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ३५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
योङ ब्वाईज, हरिवन, सर्लाहीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न