News दोस्रो चुलाचुली कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दमक । चुलाचुली फुटबल क्लब, दमक–३, झापाको आयोजनामा यही भदौ २२ गतेदेखि शुरु हुन गईरहेको दोस्रो चुलाचुली कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । दमक–३, दुम्से स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भदौ २२ गतेका दिन आयोजक चुलाचुली एफसी र कालीदह एफसी भिड्ने छन् । भ्यानालिषा ब्युटि पार्लर एण्ड कस्मेटिकको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुजन निरौलाले बताए ।

दमक–३ वार्ड कार्यालय संरक्षक रहेको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको फाइनल खेल भने आउँदो असोज २ गतेका दिन हुने पनि संयोजक निरौलाले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

Post Comments