News साफ यु–१६ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै
गोलनेपाल

काठमाडौं । भुटानमा जारी साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपालले आज समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्दैछ । थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समयअनुसार बेलुका ६ः४५ बजेदेखि शुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

खासगरी बंगलादेशलाई आज जित्नैपर्ने वा आफु अनुकुल नतिजा ल्याउनुपर्ने दबाब रहनेछ । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित बंगलादेशले आज सकरात्मक नतिजा ल्याउने अपेक्षाका साथ खेल्नेछ ।

उता नेपालको लक्ष्य पनि जित निश्चित जित रहनेछ । आजको खेल जित्न सके नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि पक्का हुनेछ । नेपालले समूह चरणको अनितम खेल बुधबार भारतसँग खेल्नेछ । नेपाल गत संस्करणको उपविजेता पनि हो ।

त्यस्तै आज नै हुने समूह बी तर्फको दिनको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार २ः४५ बजेदेखि शुरु हुनेछ । पाकिस्तानले आफ्नो पहिलो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको थियो ।

प्रतियोगितामा सहभागि दक्षिण एसियाका ६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

Post Comments