
काठमाडौं । फिफा विन्डोतर्फ म्यानमार विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई सोमबार विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी टोलीलाई विदाई गरेको हो ।
एन्फा अध्यक्ष पंक्रज विक्रम नेम्वाङ, महासचिव किरन राई, प्रवक्ता सुरेश साह लगायतका पदाधिकारीहरुले टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामनासहित विदाई गरे ।
स्मरण रहोस, नेपालले म्यानमारसँगै उसकै घरेलु मैदानमा यही सेप्टेम्बर ८ र ११ तारीखका दिन दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । जुन खेलाडी म्यानमारको राजधानी यांगोन शहरमा हुने तय भईसकेको छ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, दिप कार्की, अभिषेक बराल
डिफेन्डर्सः अनन्त तामाङ, आशिष गुरुङ, सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, छिरिङ लामा
मिडफिल्डर्सः अरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिष रत्न छुन्जु
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त