News अभिषेक चर्चलाई कावासोती कपको उपाधि
गोलनेपाल

कावासोती । सेन्ट्रल कलेज प्रथम कावासोती कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च, रजहरले जितेको छ । फाइनलमा देवचुली नगरपालिकालाई २–५ ले हराउँदै अभिषेक चर्च च्याम्पियन बनेको हो ।

अभिषेक चर्चका विक्की राई फाइनल खेलको म्यान अफ द म्याच चुनिए । विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता देवचुली नगरपालिकाले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ पनि अभिषेक चर्च कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक अभिषेक चर्चका रबिन बस्नेत बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि अभिषेक चर्च कै विक्की राईले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि अभिषेक चर्च कै सबिन श्रेष्ठ चुनिए ।

२८ बिगाहा युवा क्लब, कावासोती, नवलपुरको आयोजनामा भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments