News तेस्रो रोयल कप फुटसल हुने
गोलनेपाल

काठमाडौं । रोयल एफसी (जिफोर) को आयोजनामा आउँदो असोज ५ र ६ गतेका दिन तेस्रो रोयल कप फुटसल प्रतियोगिता हुने भएको छ । जिफोर फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज ४ गतेसम्म टिमदर्ता खुला गरिएको छ ।

टिमदर्ता शुल्क भने ८५०० तोकिएको छ । साथै डिफोजिट वापत १५०० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको खेलतालिका पनि असोज ४ गते नै प्रकाशित गरिने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments