News प्रयागराज सिंह सुवाल स्मृति कपः वडा नम्बर १४, ४, १७ र ३२ को जित
गोलनेपाल

काठमाडौँ । वडा नम्बर १४, ४, १७ र ३२ यहाँ जारी प्रयागराज सिंह सुवाल स्मृति कप अन्तर वडास्तरीय फुटसल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार लैनचौर फुटसल मैदानमा भएको खेलमा वडा नम्बर १४ ले वडा नम्बर २३ लाई १–० ले हरायो । वडा नम्बर १४ को जितमा मनिष रानाभाटले एक मात्र निर्णायक गोल गरे । रानाभाट नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै वडा नम्बर ४ ले पनि वडा नम्बर ९ लाई शून्यका विरुद्ध १ गोलले हरायो । वडा नम्बर ४ को जितमा प्रजेश अधिकारीले एक मात्र गोल गरे । निर्णायक गोलकर्ता अधिकारी नै म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै वडा नम्बर १७ ले वडा नम्बर २७ लाई समान १–० को अन्तरले नै हरायो । खेलमा वडा नम्बर १७ का गोलरक्षक लक्ष्मण देउला म्यान अफ द म्याच बने । त्यसैगरी वडा नम्बर ३२ ले वडा नम्बर २२ लाई २–० ले पराजित गर्यो । वडा नम्बर ३२ को जितमा विशान्त मगर र जीवन पराजुलीले गोल गरे ।

नकआउटका आधारमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यसैगरी, विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments