News राष्ट्रिय यु–१६ खेलाडी बिशेष गृहनगरमा नगदसहित सम्मानित
गोलनेपाल

हेटौडा । भुटानको थिम्पुमा सम्पन्न भएको साफ युथ–१६ फुटबल प्रतियोगितामा सहभागी भएर फर्किएका मकवानपुरका गोलरक्षक बिशेष बानियाँलाई हेटौडाको नागस्वती भेट्रान्स क्लबले नगद सहित सम्मान गरेको छ ।

क्लबले बिहिबार हेटौडामा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । पछिल्लो समय भेट्रान फुटबलको राष्ट्रिय स्तरको प्रतियोगिताहरु आयोजना गर्दै आएको क्लबले युथ–१६ टिमका गोलरक्षक बिशेषलाई सम्मान गरेको हो ।

न्युरोड टिमको क्लब एकेडेमीबाट छनौट भई बिशेष राष्ट्रिय टिम युथ १६ मा परेका थिए । नागस्वती भेट्रान्स क्लबको कार्यालयमा भएको कार्यक्रममा क्लबका अध्यक्ष सोम तितुङले खेलाडीको प्रोत्साहनको लागी कुनै पनि कसर नराख्ने बताए ।

कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका सदस्य राम केसी, ७ नम्बर वडाका वडा सदस्य दिनेश थापा नागस्वती भेट्रान्सका उपाध्यक्ष बिरेन्द्र राज खत्री, सचिव प्रदिप गौतम, गोकुल नाथ पौडेल, रोहित खत्री, नवराज तितुङ, भरत तितुङ, राजु कार्की लगाएतको उपस्थिती थियो ।

Post Comments