News सुदुरपश्चिम–११ का ठकुरी बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

धनगढी । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई पहिलोपटक नेपाल आइसी चौथो खप्तड गोल्डकपको उपाधि जिताउन अहम भूमिका खेलेका बिक्रम सिंह ठकुरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

मंगलबार भएको फाइनल भिडन्तमा सुदुरपश्चिम–११ ले रुस्लान थ्रीस्टार क्लबलाई १–० ले हराउँदा निर्णायक गोल गरेका ठकुरीले उत्कृष्ट खेलाडीको पुरस्कार वापत एक थान मोटरसाइकल प्राप्त गरे । ठकुरी नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने र नगद १५ हजार प्राप्त गरे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक थ्रीस्टारका पुर्ण चेम्जोङ चुनिए भने उत्कृष्ट डिफेन्डर आयोजक सुदुरपश्चिमका धन बहादुर थापा घोषित भए । उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुशिल राई बन्दा उत्कृष्ट प्रशिक्षकको पुरस्कार सुदुरपश्चिमका रोहित भण्डारीले हात पारे ।

उदयीमान खेलाडीको पुरस्कार पनि सुदुरपश्चिम कै बिष्णु चौधरीले जिते । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी प्राप्त गरे ।

Post Comments