News अठ्ठाइस बिगाहालाई ३७औं युनाइटेड गोल्डकपको उपाधि
गोलनेपाल

हुप्सेकोट । युनाइटेड युवा क्लब, हुप्सेकोट–३, गिरुबारी, नवलपुरको आयोजनामा सम्पन्न भएको ३७औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अठ्ठाइस बिगाहा युवा क्लबले जितेको छ ।

फाइनलमा अठ्ठाइस बिगाहाले नवज्योति युवा क्लबलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । अठ्ठाइस बिगाहाका लागि फोफना इब्राहिम र सदिप केसीले गोल गरे । पराजित नवज्योतिका लागि सुरज बिष्टले गोल फर्काएका थिए ।

विजेता बनेको अठ्ठाइस बिगाहाले उपाधिसहित नगद २,२५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता नवज्योतिले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी अठ्ठाइस बिगाहाका जितेश गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षक नवज्योतिका राहुल मुखिया बन्दा सर्वाधिक गोलकतौको पुरस्कार पनि नवज्योति कै आशिष महतोले हात पारे ।

चोरमारा युवा क्लब फेयर प्ले टिम बन्यो । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ८,५५५ रुपैयाँसहित ट्रफी हात पारे ।

Post Comments