News चलचित्रमा देखिदै हरि खड्का
गोलनेपाल

काठमाडौं । नेपालका चर्चित पूर्व अन्तर्राष्ट्रिय खेलाडी, कप्तान, फरवार्ड तथा फुटबल प्रशिक्षक हरि खड्का चलचित्रमा देखिने भएका छन् ।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको जिवनीमा बन्न गईरहेको चलचित्र ‘अन्जिला’ मा हरि खड्का देखिने भएका हुन् ।

खड्कालाई चलचित्रमा अनुवन्ध गरिएकोबारे निर्माण पक्षले पनि जानकारी गराएको छ । केन्द्र मोशन पिक्चर्सको निर्माणमा हुन गईरहेको चलचित्रमा दयाहाङ राई, श्रृजना सुब्बा, बुद्धी तामाङ जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ ।

Post Comments