News कुमार निर्णायक बन्दा पूर्वाञ्चल एपिएफ फाइनलमा
गोलनेपाल

प्रकाशपुर । पूर्वाञ्चल एपिएफ, पकली, सुनसरी यहाँ जारी छैठौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार प्रकाश माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा पञ्चकन्या फुटबल क्लब, उदयपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै पूर्वाञ्चल एपिएफ उपाधि नजिक पुगेको हो ।

पूर्वाञ्चल एपिएफका लागि कुमार राईले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ द म्याच भने पूर्वाञ्चल एपिएफ कै बुद्धिमान राई घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज २५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक प्रकाशपुर फुटबल क्लब, सुनसरी र मितेरी क्लब, इनरुवा बीच हुने आयोजकले जानकारी दियो ।

बराहक्षेत्र नगर खेलकुद समितिको प्रायोजन तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र–१०, पकाशपुर, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल भने यही असोज २७ गतेका दिन हुनेछ ।

 

Post Comments