News आयोजक फार्मालाई फार्मा कपको उपाधि
सुरज राना मगर

बुटवल । स्वस्थ्य क्षेत्रमा आवद्ध रहेकाहरुबीच भाईचारा कायम गर्ने तथा विजयादशमीको शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ वार्षिक रुपमा आयोजना हुँदै आएको तेस्रो फार्मा कप फुटसल प्रतियोगिताको उपाधि आयोजक द फार्मा टिमले जितेको छ ।

मोनालिसा फुटसलमा भएको उपाधि भिडन्तमा आयोजक द फार्मा टिमले फार्मास्युटिकल्स मार्केटिङ एक्सक्युटिभ एसोसिएशन अफ नेपाल (पिन) बी लाई हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

विजेता बनेको द फार्मा टिमले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता पिन (बी) ले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

पिन (बी) का असिम कुमाल फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट गोलरक्षक फार्मा टिमका मदन घिमिरे बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि फार्मा टिम कै आकाश मगरले प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फार्मा टिमका विप्लव श्रेष्ठ घोषित हुँदा फेयर प्ले पुरस्कार नेपाल मेडिकल एण्ड सेल्स रिप्रिजेन्टेटिभ एसोसिएशन, नारायणगढले प्राप्त गरेको प्रचार प्रसार संयोजक प्रयोग राईले जानकारी दिए । प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता जनाएको पनि राईले बताए ।

 

Post Comments