News चर्च ब्वाईज युनाइटेड फाइनलमा
गोलनेपाल

कोहलपुर । उपाधिको दावेदार मानिएको चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार कोहलपुर–२ स्थित तेह्र बिगाहा खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईजले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

खेलमा चर्च ब्वाईजका बिशाल बस्नेत म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १८ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भरतपुर फुटबल क्लब, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २२ गतेका दिन हुनेछ ।

Post Comments