लसुने । रियल लसुने युवा क्लब, तेह्रथुमको आयोजनामा यही कार्तिक २० देखि शुरु हुन गईरहेको दोस्रो दिपावली कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थलमा रहेको लसुने बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक २० गतेका दिन म्याङलुङ एफसी र कुसाङ एफसी भिड्ने छन् ।
लालीगुराँस नगरपालिका, तेह्रथुमको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुमन लिम्बुले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक लिम्बुले जानकारी दिए ।
कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने कार्तिक २५ गतेका दिन हुनेछ । साथै सोही अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने आयोजकले जनाएको छ ।
- बि.बि.सि.तेह्रथुमलाई नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि
- छथर जोरपाटि र बि.बि.सि. फाइनलमा भिड्ने
- छथर जोरपाटी धनकुटा तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको फाइनलमा प्रवेश
- प्यारालाइसिस अवस्थामा रहेका तेह्रथुमका एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै
- नेत्र गुरागाई स्मृति गोल्डकपको सेमिफाइनल समीकरण पूरा