News सहज जितका साथ संकटा सेमिफाइनलमा
गोलनेपाल

बिरगंज । सहज जितका साथ संकटा क्लब यहाँ जारी प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार आदर्शनगर रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा संकटाले चर्च ब्वाईज युनाइटेडलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । संकटाका लागि फोडे फोफनाले दुई गोल गरे भने कप्तान गणेश हमाल र समिर राईले एक–एक गोल गरे ।

खेलमा संकटाका फोडे फोफना म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक २० गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस फुटबल क्लब र क्लाईभ हाउस दम–दम, कोलकाता, भारतबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments