News आर्मी फाइनलमा, उपाधिका लागि चर्च ब्वाईजसँग भिड्ने
गोलनेपाल

कोहलपुर । शुरुवातबाटै दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब प्रभावशाली जितका साथ यहाँ जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार कोहलपुर–२ स्थित तेह्र बिगाहा खेलमैदानमा भएको दोस्रो सेमिफाइनलतर्फ आर्मीले दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई ४–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । आर्मीका लागि टंक बस्नेतले दुई गोल गरे । त्यस्तै मान बहादुर आले र मदन लिम्बुले थप एक–एक गोल गरे ।

उता दुधौलीका लागि अजय कुमार श्रीवास्तवले एक गोल गरेका थिए । खेलमा आर्मीका मान बहादुर आले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । आर्मीले कार्तिक २२ गते बुधबार हुने फाइनलमा चर्च ब्वाईज युनाइटेड क्लबसँग उपाधिका लागि भिड्नेछ ।

रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

Post Comments