News लामाचौर कप: क्वाटरफाईनल समिकरण पुरा
उमेश पुन

पोखरा । पोखरा-१९ गोष्तेघाट फुटबल मैदानमा जारी प्रथम लामाचौर कप फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। मंगलबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ ।

मंगलबार दिनको पहिलो खेलमा एलजी एशोसिएशनले हेम्जा युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एलजीका लागी खेलको २१औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको अन्तिम मिनेटमा आषिस गुरुङले १ गोल गरेका थिए ।

दोस्रो खेलमा ढिकुरपोखरी युवा समाजले रञ्जन मेमोरियल लामाचौरलाई १-० गोलले हराउदै क्वाटरफाईनलको यात्रा तय गर्यो । ढिकुरपोखरीका लागी खेल सुरुवातको तेस्रो मिनेट मै आयुष गुरुङले गरेको गोलनै जितका लागी निर्णायक बन्यो ।

यसअघिका प्रि–क्वाटरफाईनल खेलबाट नेपाल प्रहरी गण्डकी प्रदेश, बाँनिया ब्रलर्श लामाचौर, शितल ज्याती युवा क्लब, आदर्श युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् भने गण्डकी स्पोर्टस क्लब र एन टु कफी सप वाई पाएर सिधै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।

बुधबारदेखि हुने क्वाटरफाइनलको पहिलो खेल नेपाल प्रहरी गण्डकी प्रदेश र शितल ज्याती युवा क्लब हुनेछ भने दोस्रो खेल बाँनिया ब्रलर्श लामाचौर र आदर्श युवा क्लब भण्डारढिक, सैनिक बस्ती बिच हुनेछ।

एलसी ब्रदर्श युनाइटेड, पोखरा–१९, लामाचौरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

 

 

Post Comments