News लिस्नुमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
सुरज राना मगर

तिलोत्तमा । आउँदै गरेको शुभ दिपावली र छठ पर्वको अवसर पारी लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाले एक दिने मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न गरेको छ । लिस्नु युवा क्लबका पदाधिकारी र क्लब कै नयाँ–पुराना खेलाडीहरुबीच भएको मैत्रीपूर्ण खेलमा खेलाडीहरुको टिमले सडेन डेथमा जित हात पारेका छन् ।

त्यसअघि पशुपति माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । विजय राना र कृष्ण गुरुङको संयोजकत्वमा सम्पन्न भएको मैत्रीपूर्ण खेलमा विजयी बनेका खेलाडीहरुलाई लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्ल, नेम गुरुङ, सचिव मनोज कुमार क्षेत्री, तिलोत्तमा वार्ड नम्बर १५ का वार्ड अध्यक्ष तथा समाजसेवी खेमराज गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

स्मरण रहोस, लिस्नु युवा क्लबले रुपन्देही जिल्ला कै पुरानो मध्ये एक लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिता वार्षिक रुपमा आयोजना गर्दै आईरहेको छ । साथै क्लबले विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा आफ्नो उपस्थिति र सहकार्य जनाउँदै पनि आईरहेको छ ।

Post Comments