News आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि
गोलनेपाल

कोहलपुर । मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, काठमडौंले जितेको छ ।

बुधबार कोहलपुर–२ स्थित तेह्र बिगाहा खेलमैदानमा भएको फाइनल भिडन्तमा आर्मीले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको आर्मीले उपाधिसहित नगद ८ लाख हात पार्यो भने उपविजेता चर्च ब्वाईजले ४ लाखसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

रेसिङ सहारा क्लब, कोहलपुर–२ बाँकेको आयोजनामा भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments