News इम्बुङमा पञ्चमीको विजयी सुरुवात
रमेश समदर्शी

इम्बुङ, (पाँचथर) । बराहक्षेत्र कार्तिके पूर्णिमा मेला २०८० को अवसरमा आयोजित पुरुष खुल्ला नकआउट फुटबलमा पञ्चमीको अभ्यास एन्ड अनुभवले विजयी सुरुवात गरेको छ ।

सत्यहाङ्मा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु फुटबल प्रतियोगितामा पञ्चमीले आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब (रातो) माथि २-० गोलअन्तरको जित दर्ता गरेको हो ।

आयोजकविरुद्ध पञ्चमीले खेल सुरु भएको ११ मिनेटभित्रै दुवै गोल गरेर अग्रता बनाएको थियो । पहिलो खेलको ४ मिनेटमै एन्सन राईले गोल गरेका थिए भने पाल्देन तामाङले ११औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए ।

भोलि तीन खेल सञ्चालन हुने छन् । १६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । विजेताले नगद १ लाख ५ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ६५ हजारमा चित्त बुझाउनु पर्नेछ ।
 
Post Comments