News सुजित निर्णायक बन्दा जावलाखेल क्वाटरफाइनलमा
गोलनेपाल

बागमती । साँघुरो जितका साथ जावलाखेल युथ क्लब जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनल तर्फको अन्तिम खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० को झिनो अन्तरले हरायो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा जावलाखेलको जितमा दोस्रो हाफतर्फ ५७औं मिनटमा सुजित बुढाथोकीले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता सुजित नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार समेत प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन २६ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल सुदुरपश्चिम–११ र एनआरटीबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने चैत्र २ गते हुनेछ ।

Post Comments