News दोस्रो रत्न प्रिय कप मंसिर २५ देखि
गोलनेपाल

रत्ननगर । रत्न प्रिय क्लब, रत्ननगर नगरपालिका–९, चितवनको आयोजनामा यही मंसिर २५ गतेदेखि दोस्रो रत्न प्रिय कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८५०० तोकिएको छ । प्रतियोगितामा कुल १० टोलीहरुको मात्र सहभागिता रहने आयोजकले जानकारी दियो ।

टिकौली चौरमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments