अखिल नेपाल फुटबल संघ (एन्फा) ले भर्खरै भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।

नेपाली महिला टोली साफ यु–१८ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग १–० को झिनो अन्तरले पराजित हुँदै उपविजेतामा चित्त बुझाउनु परेको थियो

साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली बुधबार स्वदेश फर्कदैछ ।

स्वदेश फर्किएपछि एन्फाले टोलीका सदस्यहरुलाई जनही नगदसहित सम्मानित गर्ने निर्णय गरेको छ ।