News
पहिलो जितको खोजीमा बिरगंज र चितवन

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) शुक्रबार नवप्रवेशी टोली बिरगंज युनाइटेड एफसी र एफसी चितवन आमने सामने हुँदा दुवै टोलीको उद्देश्य पहिलो जित हात पार्नु हुनेछ ।
पहिलो खेलमा पोखरासँग हार र दोस्रो खेलमा काठमाडौंसँग जित नजिक पुगेर पनि बराबरीमा रोकिएको चितवन शुक्रबार भने निश्चित जित हात पार्दै तीन अंक जोड्ने लक्ष्यमा पनि हुनेछ ।
उता आफ्नो पहिलो खेलमा धनगढीसँग पराजित भएको बिरगंज पनि शुक्रबार दोस्रो खेल खेल्दै गर्दा चितवनसँग अंक खोस्ने वा निश्चित तीन अंक जोड्ने योजनामा हुनेछ ।
खेल साँझ ५ः३० बजेदेखि दशरथ रंगशालामा हुँदैछ । दर्शकहरुले आइएमई–पे मार्फत अनलाईन वा सोझै दशरथ रंगशालामा पुगेर टिकट खरिद गर्न सक्नेछन् । टिकट मुल्य सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० रहेको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय