News झापाको पालिकास्तरीय लिगमा खेलाडीद्वारा रेफ्रीमाथि हातपात
गोलनेपाल

भद्रपुर । यहाँ जारी प्रथम अन्तर–पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा खेलाडीद्वारा रेफ्री कुटिएका छन् । अर्जुनधारा र कमल गाउँपालिका बीच भएको खेलका क्रममा कमल गाउँपालिकाका खेलाडीहरुले रेफ्रीमाथि हातपात गरेका हुन् ।

खेलको अन्तिमतिर विवाद उत्पन्न भएपछि कमल गाउँपालिकाका खेलाडीहरुले मुख्य रेफ्री डिक बहादुर श्रेष्ठमाथि हातपात गरेका हुन् । कुटपिटबाट मुख्य रेफ्री श्रेष्ठ घाईते समेत भएका छन् । खेलमा रेफ्री श्रेष्ठले कमल गाउँपालिकाका कप्तान लक्ष्मण बेघा, गोलरक्षक उत्तम कार्की र प्रशिक्षक चित्रमान राईले रातो कार्ड समेत देखाएका थिए ।

कार्ड र घट्नाक्रम लगतै कमल गाउँपालिकाले खेल नखेल्ने भन्दै म्याच छाडेपछि आयोजकले अर्जुनधारालाई विजयी घोषित गरेको थियो । साथै आयोजकले कमल गाउँपालिकालाई प्रतियोगिताबाट निलम्बन समेत गरेको आयोजक भद्रपुर ब्लेजर्सका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

कुल १५ टोलीहरुबीच प्रतिस्पर्धा भईरहेको प्रतियोगिताको समापन यही मंसिर २४ गतेका दिन हुँदैछ ।

Post Comments