फिदिम । साँघुरो जित निकाल्दै झापाको बिर्तामोड युनाइटेड एफसी फिदिममा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड सेमिफाइनल पुग्ने दोस्रो टोली हो ।
आइतबार भएको खेलमा इलामको रेडहर्ष एफसीलाई स्तब्ध बनाउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । फिदिम माविको खेलमैदानमा भएको खेलमा झापाले इलाममाथि १-० गोलको साँघुरो जित निकालेको थियो ।
झापाका लागि खेलको २२औँ मिनेटमा श्याम मुर्मूले गरेको गोल नै निर्णायक बन्यो । दायाँ साइडबाट रोमन भुजेलले इलामको पेनाल्टी एरियामा मिलाइदिएको पासमा श्याम मुर्मूले गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भए ।
उद्घाटन खेलमा आयोजक पाँचथर एफसीले तेह्रथुमको मितेरी एफसीमाथि जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो । भोलि (सोमबार) डिएफसी मोरङले भारत दार्जीलिङको युनाइटेड एफसीसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
मंसिर २३ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ र ट्रफी पाउने छ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश