फिदिम । शनिबारदेखि शुरु भएको वाइ–वाइ अन्तर्राष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पराजित हुन पुगेको मितेरी फुटबल क्लब, तेह्रथुमलाई प्रतियोगिताको आगामी दुई संस्करण (दोस्रो र तेस्रो) खेल्न नपाउने गरी कारवाही गरिएको छ ।
उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब, फिदिम–१, पाँचथरसँग २–० ले पराजित भएको खेलमा मितेरी क्लबका खेलाडीले खेलको अन्तिमतिर विवाद उत्पन्न गरेका थिए । खेल भावना विपरितको कार्य गरेको भन्दै मितेरीलाई आयोजकले कारवाही गरेको हो ।
त्यस्तै क्लबले विज्ञप्ती जारी गर्दै खेलका क्रममा अश्लिल शब्द प्रयोग र अभद्र हर्कत गरेको भन्दै आयोजक पाँचथरले मितेरीका विदेशी खेलाडी पेपेलाई आफूहरुले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता नगराउने गरी कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ ।
साथै पेपेलाई थप कारवाहीका लागि जिल्ला फुटबल संघ, पाँचथर र अखिल नेपाल फुटबल संघ (एन्फा) मा पनि सिफारिस गरिएको पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छागी मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश