News एनएसएलः झापा र काठमाडौंको लगातार दोस्रो बराबरी
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सुस्त शुरुवात गरेको नवप्रवेशी टोली झापा फुटबल क्लब र काठमाडौं रेजर्सले सोमबार लिगको लगातार दोस्रो बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा झापाका समन्दर ओचिलोव म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

यो नतिजापछि ३ खेलबाट २ अंक जोडेको झापा लिगतालिकाको आठौं स्थानमा छ । उता काठमाडौं भने ५ अंकका साथ शिर्ष तीनमा रहेको पोखरा थन्डर्ससँग अंक बराबरी गरेको छ ।

Post Comments