News किरात गोल्डकपको दोस्रो सेमिफाइनलः बिर्तामोड र ताप्लेजुङको भिडन्त
गोलनेपाल

पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकपको अन्तिम सेमिफाइनलमा आज झापाको बिर्तामोड युनाइटेडले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबको सामना गर्दैछ । फिदिम माविको मैदानमा दिउँसो ३ बजे गोल्डकपको फाइनल प्रवेशका लागि दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

इलामको रेडहर्ष एफसीमाथि साँघुरो जित निकाल्दै बिर्तामोडले अन्तिम चारमा स्थान बनाएको थियो । इलामविरुद्धको जितमा खेलको २२औँ मिनेटमा श्याम मुर्मूले गरेको गोल नै निर्णायक बनेको थियो । रोमन भुजेलले इलामको पेनाल्टी एरियामा मिलाइदिएको पासमा श्याम मुर्मूले गोल गरेका थिए ।

उता ताप्लेजुङले ए डिभिजन क्लब हिमालयन शेर्पालाई रोक्दै सेमिफाइनलमा स्थान बनाएको थियो । शेर्पालाई रोकेको खेलमा ताप्लेजुङको नतिजा ४-३ गोलअन्तर रहेको थियो ।

आजको विजेता टोली फाइनल पुग्दै कम्तिमा २ लाख २ हजार २२२ रुपैयाँ सुरक्षित गर्नेछ । गोल्डकपको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ र ट्रफी पाउने छ ।
 
Post Comments