News तेस्रो चासोक तङनाम कप शुरु
गोलनेपाल

फिदिम । चासोक तङनाम ५०८३ को अवसर पारी आनी साक्थिम क्लब, फिदिम–१४, वासुमको आयोजनामा शनिबारदेखि तेस्रो चासोक तङ्नाम कप पुरुष तथा महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।

फिदिम–१४, फुल्पा स्थित कांसोरे खेलमैदानमा भएको महिलातर्फको उद्घाटन खेलमा पारुहाङ फुटबल क्लबले विजयी शुरुवात गर्यो । पारुहाङले गुप्तेश्वर माविलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलमा पारुहाङकी भावना राई प्लेयर अफ द म्याच घोषित भईन् । यो जितसँगै पारुहाङ सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै पुरुषतर्फ आयोजक आनी साक्थिम क्लब विजयी भएको छ । उद्घाटन खेलमा विपक्षी टोली सुनाखरी पौवासारतापबाट वाकओभर पाउँदै आयोजक टोली विजयी भएको हो ।

यही पुस १३ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फ विजेताले ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिता कै अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

Post Comments