फिदिम । चोकमगु फुटबल क्लब यहाँ जारी वाइवाइ तेस्रो चासोक तङनाम कप पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ चोकमगुले अजम्बरी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फिदिम–१४, फुल्पा स्थित कांसोरे खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टीबाट भने चोकमगुले अजम्बरीमाथि ८–७ को जित जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
खेलमा चोकमगुका गोलरक्षक समिर लिम्बु म्यान अफ द म्याच चुनिए । पेनाल्टी शुटआउटमा लिम्बुले विपक्षीको एक प्रहार रोक्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । समापन यही पुस १३ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश