News चोकमगु तेस्रो चासोक तङनाम कपको क्वाटरफाइनलमा
गोलनेपाल

फिदिम । चोकमगु फुटबल क्लब यहाँ जारी वाइवाइ तेस्रो चासोक तङनाम कप पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ चोकमगुले अजम्बरी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

फिदिम–१४, फुल्पा स्थित कांसोरे खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टीबाट भने चोकमगुले अजम्बरीमाथि ८–७ को जित जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

खेलमा चोकमगुका गोलरक्षक समिर लिम्बु म्यान अफ द म्याच चुनिए । पेनाल्टी शुटआउटमा लिम्बुले विपक्षीको एक प्रहार रोक्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । समापन यही पुस १३ गतेका दिन हुनेछ ।

Post Comments