News
टिवाइसी फालेलुङ र मगर संघ झापालाई सफलता
फिदिम । यहाँ जारी तेस्रो चासोक तङनाम कप महिला फुटबल प्रतियोगितातर्फ टिवाइसी फालेलुङ फुटबल क्लब र मगर संघ झापा फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा टिवाइसीले इलाम फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा टिवाइसीका लागि प्रतिक्षा केरुङ र सोनम राईले गोल गरे । सोनम राई प्लेयर अफ द म्याच पनि बनिन् ।
दोस्रो खेलमा मगर संघ झापाले युनाइटेड फुल्पामाथि ४–० को एकतर्फी जित निकाल्यो । मगर संघ झापाका लागि पुजा लिम्बु र मनिका घलेले गोल गरे । मनिका घले खेलको प्लेयर अफ द म्याच समेत घोषित भईन् ।
आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुस १३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश