News २३औं आहा रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि
उमेश पुन

पोखरा । मोफसल कै चर्चित र प्रतिष्ठित मध्ये एक आहा रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको २३औं संस्करण आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ ।

आयोजक सहारा क्लब, पोखराले प्रतियोगिताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै मिति पनि घोषणा गरेको हो । यद्यपि प्रतियोगिताको विस्तृत जानकारी भने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि आधिकारिक रुपमै गराउने बताएको छ ।

स्मरण रहोस, आयोजक सहारा क्लबले प्रतियोगिता आयोजनाबाट आम्दानी भएको रकम आफ्नै लगानीमा सञ्चालिन सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी मै आश्रित रहेका बाल खेलाडीहरुको अध्ययन, प्रशिक्षण र अन्य आवश्यकताहरुमा खर्च गर्दै आएको छ ।

प्रतियोगिताको २२औं संस्करण संकटा क्लबले जितेको थियो । संकटाले फाइनलमा भुटनिज युथ सकर क्लब, अमेरिकालाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

Post Comments