रानीटार (पाँचथर) । पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगितामा आयोजक स्वतन्त्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । फिदिम ७ स्थित रानीटारको बराजु खेलमैदानमा आजदेखि सुरु फिदिम नगर कपको उद्घाटन खेलमा इलामको देउमाइ स्पोर्टिङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजकले इलामलाई टाइब्रेकरमा ५-४ गोलअन्तरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले ११ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
निर्धारित समयमा सुरुवाती अग्रता इलामले लिएको थियो । इलामका लागि रविन मगरले खेलको ९ मिनेटमै गोल गरेका थिए । तर, पहिलो हाफकै २७औँ मिनेटमा आयोजकका कप्तान पुकार गुरुङले गोल गर्दै खेलमा फर्काए ।
तर, टाइब्रेकरमा आयोजक नै भाग्यमानी सावित भयो । जसमा कप्ता गुरुङ, दर्पण गुरुङ, गगन गुरुङ, दिवश गुरुङ र रोहित तामाङ प्रहार गोलमा परिणत भयो भने इलामका कप्तान रोहित राईको प्रहार आयोजकका गोलरक्षक जीवन परियारले रोकेका थिए ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश