News पाँचथर र झापा फिदिम नगर कपको सेमिफइनलमा
रमेश समदर्शी

रानीटार (पाँचथर) । झापाको तुर्केनी एफसी र पाँचथर फुटबल कलब फिदिम ७ को बराजु मैदानमा जारी पाँचौ फिदिम नगर कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाँचथरकै एलएनएफसीलाई ५-० गोलले पराजित गर्दै झापाको तुर्केनी एफसीले जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

झापाको गोलवर्षामा सुरुवाती गोल नवराज गुरुङले गोल गरेका हुन् । उनले खेलको १५औँ मिनेटमा गोल गरे । यस्तै विशाल माझीले ३०औँ मिनेटमा अग्रता दोब्बर बनाए भने उनले नै दोस्रो हाफको १२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

यसअघि पहिलो हाफको इन्जुरी समयमा बेगम गुरुङले गोल गरेर अग्रता दिलाएक ाथिए । यसैगरी कर्ण लिम्बूले दोस्रो हाफको १७औँ मिनेटमा गोल गर्दै ५-० गोलको फराकिलो अग्रता दिलाएका हुन् ।

आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा पाँचथर फुटबल क्लबले झापाको अर्जुनधारा ५ को टोलीलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

पाँचथरका लागि प्रविण जवेगुले १८औँ, दिनेश शेर्मालो ३०औँ र साजन राईले दोस्रो हाफको ५औँ मिनेटमा गोल गरेका हुन् । झापा अर्जुनधाराका लागि सन्देश भुजेलले मात्र दोस्रो हाफको ६ मिनेटमा सान्त्वना गोल गरेका थिए ।

रानीटारको स्वतन्त्र फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ । भोलि मंगलबार पहिलो सेमिफाइनल खेल आयोजकसँग झापा अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, अन्तिम सेमिफाइनल खेलमा पाँचथर फुटबल क्लबले झापाकै तुर्केनी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments