News शनिश्चरे एफसी फिदिम नगर कपको फाइनलमा
रमेश समदर्शी

रानीटार (पाँचथर) । झापाको शनिश्चरे एफसी फिदिममा जारी पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजक स्वतन्त्र एफसीलाई ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलोपल्ट सहभागिता जनाएको उपाधिको दाबेदार शनिश्चरेका लागि प्रदिप बुढाथोकीले पहिलो ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफको १२औँ, ३६औँ र खेलको इन्जुरी समयमा गोल गरेका हुन् । यस्तै सौरभ लिम्बूले दोस्रो हाफको ६ मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमा ३-० गोलले पछि परेको अवस्थामा २ गोल गर्न सफल बन्यो । उसका लागि डिके गुरुङले दोस्रो हाफको १४औँ र अनुराग जबेगुले १६औँ मिनेटमा गोल गरे पनि उपाधि होडमा पुग्न सकेन । यस प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ ।

 

Post Comments