News बाल खेलाडीहरुका लागि बसन्तपुर युनाइटेड र दिवाकर स्मृतिको सहकार्य
गोलनेपाल

चितवन । बसन्तपुर युनाईटेड क्लबको सहकार्यमा दिवाकर स्मृति माध्यमिक विद्यालयले माडीका प्रतिभावान एवं बिपन्न ८ जना खेलाडी विद्यार्थीहरूलाई कक्षा १० सम्म निःशुल्क पढाउने भएका छ ।

विद्यालयमा माडी क्षेत्रमा रहेका प्रतिभावान तथा विपन्न परिवारका ८ जना खेलाडी विद्यार्थीहरुलाई कक्षा १० सम्म निःशुल्क पढाउने गरी बिद्यालय र क्लबबिच सम्झौता भएको हो ।

बुधवार क्लबका अध्यक्ष नविन बस्याल र विद्यालयका प्रधानाध्यापक प्रसुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको क्लबका सह-कोषाध्यक्ष आशिष सुनारले बताउनुभयो ।

 
Post Comments