News बागमतीका घलानलाई मोटरसाइकल
गोलनेपाल

बागमती । बागमती युवा क्लबका खेलाडी बिजय घलान क्लबको बर्ष खेलाडीका रुपमा एक थान मोटरसाइकल सहित सम्मानित भएका छन् ।

आइतबार सम्पन्न चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेलको समापन कार्यक्रममा घलानलाई आयोजक क्लबले मोटरसाइकल सहित सम्मानित गरेको हो ।

बागमती युवा क्लब कै स्थानीय खेलाडी समेत रहेका घलानलाई उनले जिल्ला र क्लबका लागि फुटबलको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मानत गरिएको हो ।

सम्मानित भएपछि घलानले निकै खुशी व्यक्त गरे । साथै आगामी दिनहरुमा क्लबका लागि थप राम्रो गर्न र फुटबल मै लागेर अघि बढ्न हौसला मिलेको समेत प्रतिक्रिया दिए ।

स्मरणीय छ, बागमती नगरपालिका र बागमति युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा आइतबार सम्पन्न चौथो राजर्षि जनक कपको उपाधि नेपाल पुलिसले जितेको थियो । फाइनलमा पुलिसले कंचनजंगा एफसी, भारतलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

Post Comments