News हेमन्त पेनाल्टीमा चुक्दा च्यासल बराबरीमा रोकियो
गोलनेपाल

शहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी टोली च्यासल युथ क्लबले मच्छिन्द्र एफसीसँग गोलरहित बराबरी खेल्दै अँक बाँडेको छ ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा च्यासलले महत्वपूर्ण ३ अंक बटुल्ने अवसर गुमायो । मच्छिन्द्रका खेलाडीले बिमल घर्ती मगरलाई बक्स भित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।

तर च्यासलका लागि पेनाल्टी प्रहार गरेका हेमन्त थापा मगरको प्रहार मच्छिन्द्रका गोलरक्षक दिप कार्कीले बिफल तुल्याइदिएका थिए । बुधबारको खेलमा मच्छिन्द्रका बिकास थुलुङ राई म्यान अफ द म्याच घोषित भए ।

खेलपश्चात् च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टोलीको प्रदर्शनमा असन्तुष्टी पोखे । प्रशिक्षक शाक्यका अनुसार आफ्नो टोलीले सोंचेअनुसार प्रदर्शन गर्न नसकेको बताए ।

लिग अन्तरगत असोज २५ गते बिहीबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा ११ बजे फ्रेण्डस क्लबले रुस्लान थ्रीस्टारसँग भिड्नेछ । त्यस्तै दोस्रो खेलतपर्ः ३ बजे जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

Post Comments