News दोस्रो अन्तरपालिका स्तरीय रनिङ शिल्ड फुटसल शुरु
गोलनेपाल

हेटौडा । शहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोस्रो अन्तरपालिका स्तरीय रनिङ शिल्ड सिक्स ए साईड फुटसल प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भएका छन् ।

पहिलो खेलमा खेलकुद विकास समिति मकवानपुरगढीले हेटौडा फुटबल एकडेमीलाई हरायो । दोस्रो खेलमा बागमती गाउँपालिकाले थाहा नगरपालिकालाई पराजित गर्दा तेस्रो खेलमा हेटौडा उपमहानगरपालिका (ए) ले मकवानपुरगढी (बी) लाई हरायो ।

चौथो खेलमा बागमती गाउँपालिकाले हेटौडा फुटबल एकेडेमीमाथि जित निकाल्यो । लिगकम नकआउटका आधारमा शुरु प्रतियोगिता आउँदो माघ १ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेता ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments