News प्रथम बिक्रम पुन स्मृति कप हुँदै
गोलनेपाल

घोराही । बि.एफ.एल. फुटबल क्लब, घोराही, दाङको आयोजनामा आउँदो माघ १६ गतेदेखि प्रथम बिक्रम पुन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

घोराही स्थित नवलपुर खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता माघ १४ गतेसम्म खुला गरिएको छ । साथै टिमदर्ता शुलक ६५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका कुमार घर्ती मगरले जानकारी दिए ।

त्यस्तै दैनिक म्यान अफ द म्याच सहित व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै अर्का सदस्य कृष्ण घर्ती मगरले बताए ।

Post Comments