News गोरखामा फागुन ६ गतेदेखि जिल्लाको सर्वाधिक पुरस्कार राशीको आठौं गोर्खाली रनिङ कप हुने
गोलनेपाल

गोरखामा फागुन ६ गतेदेखि जिल्लाको सर्वाधिक पुरस्कार राशीको आठौं गोर्खाली रनिङ कप हुने भएको छ ।

हरमटारी क्लबको आयोजनामा ‘गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ६ देखि १२ गतेसम्म रनिङ कप गर्न लागिएको हो । रनिङ कपको बिजेताले तीन लाख ३३ हजार ३३३ रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उपबिजेताले एक लाख ६६ हजार ६६६ रुपौयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलमा फेयरप्ले टोलीलाई ३५ हजार, उच्च गोलकर्ता,उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोलरक्षकलाई १०/१० हजार पुरस्कारको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । गोर्खाली रनिङ कपमा १६ टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।

टिम दर्ताको अन्तिम मिति माघ ३० गते सम्म रहेको छ । खेलको टाइसिट भने फागुन ४ गते सार्वजनिक हुने उपाध्यक्ष श्रेष्ठले बताए । टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । खेल सदरमुकामको हरमटारीमा रहेको खेलमैदानमा हुनेछ ।

Post Comments