News प्रथम टोकला कप माघ १० देखि
गोलनेपाल

टोकला । थन्डर्स स्र्पोटिङ क्लब, झापाको आयोजनामा यही माघ १० गतेदेखि प्रथम टोकला कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्कुलडाँडा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments