News ३८औं गहते कालिका कप माघ अन्तिम सातादेखि
गोलनेपाल

सुन्दरबजार । कालिका युवा क्लब, सुन्दरबजार नगरपालिका–५, गहते, लमजुङको ३८औं वार्षिकोत्सवको अवसर पारी यही माघ २६ र २७ गतेदेखि ३८औं गहते कालिका कप पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजकका अनुसार पुरुषतर्फको स्पर्धा २६ गतेदेखि र महिलातर्फको स्पर्धा २७ गतेदेखि शुरु हुनेछ । उद्घाटन कार्यक्रम भने माघ २५ गतेका दिन हुनेछ । सुन्दरबजार नगरपालिका–५, गहते, लमजुङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको माघ २४ र २५ गतेसम्म टिमदर्ता खुला गरिएको छ ।

पुरुषतर्फको टिमदर्ता ८००० र धरौटी वापत ५०० तोकिएको छ भने महिलातर्फको टिमदर्ता २००० तोकिएको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।

महिलातर्फको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments